अब शेयर कारोबारको भुक्तानी अनलाइनबाट मात्र, ब्रोकरले गरे यस्तो आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2020 | 12:59:42 PM मा प्रकाशित

laxmi  sunrise bank

अब शेयर कारोबारको भुक्तानी अनलाइन माद्यमबाट हुने भएको छ। नेपाल धितोपत्र बोर्डले भदौ ३ मा निर्देशन जारी गर्दै १५ दिन भित्रमा ब्रोकर र लगानीकर्ता वीच हुने कारोवारको रकम लेनदेन विद्युतीय माध्यमबाट मात्र गर्ने ब्यबस्था गर्न निर्देशन दिएको हो। 

यससँगै ब्रोकरहरुको संगठन स्टक ब्रोकर एसोसिएसनले अब ब्रोकरहरुले बिद्युतीय माध्यम भन्दा बाहेकका माध्यमबाट भुक्तानी लिन नसक्ने अवस्था रहेको प्रष्ट पारेको छ। ब्रोकरहरुले  अनलाईन बैंकिङ्ग, कनेक्ट आईपीएस लगायतका इटरनेट तथा बिद्युतिय भुक्तानी प्रणालीहरुमा आबद्ध हुनको लागि लगानीकर्तालाई आग्रह गरेका छन् । ब्रोकरहरुले ब्रोकरलाई अग्रीम रुपमा तथा धितोपत्र खरिद पश्चातगर्ने भुक्तानी विधुत्तिय माध्यमबाट मात्र गरिदिन समेत आग्रह गरेका छन् ।

संघले भनेको छ ' धेरै लगानीकर्ताहरु तथा ठूला भुक्तानीहरु अझै पनि चेक बाटै गर्ने गरेका छन । कोभिड १९ को संक्रमण न्यूनीकरण तथा नियन्त्रणलाई मध्यनजर गर्दै स्थानीय प्रशासनहरुले जारी गरेको निषेधज्ञाका कारण आवागमनमा असहजता तथा सीमित बैंकिगं कारोबार भएको यस अवस्थामा चेक मार्फत खरिद कारोवारको भुक्तानी गर्न खोज्दा धितोपत्र दलाल ब्यवसायीहरुलाई अफ्ठ्यारो पर्ने देखिएको छ ।'

संघले लगानीकर्तालाई समयमै भुक्तानी लिन आफुले धितोपत्र विक्रि गर्नु पूर्व आफुले कारोबार गर्ने धितोपत्र दलाल ब्यवसायीलाई आफुले रकम लिन चाहेको बैंक खाताको विवरण (बैंकको नाम, शाखाको ठेगाना, खाता नम्बर) गल्ती नहुने गरी इमेल, भाईबर जस्ता विद्युतीय माध्यमबाट अद्यावधिक गराईदिन आग्रह गरेको छ। कतिपय ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण अध्यावधिक नगराएका कारणले रकम भुक्तानी गर्न सदस्यहरुलाई असहज भएको तथा भुक्तानी पठाएको रकम फिर्ता हुने गरेकोले संघले यस्तो आग्रह गरेको हो। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved