निषेधाज्ञा मै ७ हजारले लिए अनलाईन, लगानीकर्ताको रोजाईमा कुन ब्रोकर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2020 | 11:29:16 AM मा प्रकाशित

laxmi  sunrise bank

२ साताको अवधिमा ७ हजार बढी लगानीकर्ताले अनलाइन मार्फत शेयर कारोबारको लागि आइडी र पासवर्ड लिएका छन् । निषेधाज्ञा कै अवधिमा गत २ सातामा थप  ७ हजार ४ सय ६० जना अनलाइन प्रणालीमा आवद्द भएको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।

यस सँगै नेपालमा अनलाईन प्रणाली मार्फत शेयर कारोबार गर्नेको संख्या ६४ हजार नाघेको छ । नेप्सेका अनुसार भदौ ११ गतेसम्ममा ६४ हजार ६ सय १६ पुगेको हो ।  कुल २ लाख ८७ हजार ८  सय ५४ जना सक्रिय लगानीकर्ता रहेकोमा २२.४४ प्रतिशतले अनलाईन प्रणालीमा आवद्द भएको नेप्सेले जनाएको हो । 

नेप्सेका अनुसार प्रतिशतको आधारमा सबै भन्दा धेरै कोहिनुर सेक्युरिटिजमा आवद्द रहेका ८३ प्रतिशतले अनलाईन प्रणालीको युजर नेम र पासवर्ड लिएका छन् । त्यस्तै संख्याको आधारमा नासा सेक्युरिटिजबाट सबैभन्दा धेरै ५ हजार २ सय ७७ र सानी सेक्युरिटिजबाट  ४ हजार ९ सय ८८ जनाले अनलाईन सेवा लिएका छन्। त्यस्तै दीपशिखाबाट ४ हजार ८ सय ५ लगानीकर्ताले, भिजनबाट ३४ सय ७२ जनाले र कोहिनुरबाट ३१ सय ९४ जनाले आईडी पासवर्ड लिएका छन् । यस हिसाबमा लगानीकर्ताको रोजाईमा नासा, सानी, दीपशिखा, भिजन र कोहिनुर लगायत देखिन्छ । सबै भन्दा कम अनलाईन लगानीकर्ता सगरमाथा सेक्युरिटिजको १६८ सिप्ला सेक्युरिटिजको २७६ जना अनलाइन लगानीकर्ता  छन्  । 

निषेधाज्ञा लागु भएपनि अहिले लगानीकर्ता घर बाट नै कारोबार गरिरहेका छन् । घर बाट नै कारोबार गर्नु पर्ने भएपछि अनलाईन सेवा लिने लगानीकर्ताको संख्या बढ्दै गएको छ ।

त्यस्तै अब शेयर कारोबारको भुक्तानी अनलाईन प्रणाली मार्फत मात्र हुने भएपछि पनि अनलाईन सेवा लिने लगानीकर्ता बढेका हुन् ।  ब्रोकरहरुले  अनलाईन बैंकिङ्ग, कनेक्ट आईपीएस लगायतका इटरनेट तथा बिद्युतिय भुक्तानी प्रणालीहरुमा आबद्ध हुनको लागि लगानीकर्तालाई आग्रह गरेका छन् । ब्रोकरहरुले ब्रोकरलाई अग्रीम रुपमा तथा धितोपत्र खरिद पश्चातगर्ने भुक्तानी विधुत्तिय माध्यमबाट मात्र गरिदिन समेत आग्रह गरेका छन् ।

हेर्नुस् अनलाइन प्रयोगकर्ता, सक्रिय प्रयोगकर्ता र अनलाईन प्रयोगकर्ताको विवरण :


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved