मेरोशेयरको एउटा यस्तो फिचर जुन धेरैलाई थाहा नहुन सक्छ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2020 | 11:28:51 PM मा प्रकाशित

सिडीएस एण्ड क्लियारिङले शेयर लगानीकर्ताको सुविधाको लागि 'मेरोशेयर' नामको प्रडक्ट संचालनमा ल्याएको छ। यस मार्फत लगानीकर्ताले आफ्नो पोर्टफोलियो हेर्न, आईपिओ, हकप्रदमा आवेदन दिन, शेयर बिक्रिपछि डीआईएस ट्रान्सफर गर्न, शेयरको पछिल्लो मूल्य अनुसार पोर्टफोलियोको आकार हेर्न, भारित औसत लाभकरको विवरण प्रविष्ट गर्ने लगायतक सुविधा प्रयोग गर्दै आएका छन् ।

मेरोशेयरमा एउटा यस्तो फिचर छ, जुन जो कोहिलाई थाहा नहुन सक्छ । यो फिचर मेरोशेयरमा लगईन गरेर खोलिसकेपछि देब्रेतिर रहेको पोर्टफोलियो भन्ने मेनुमा रहेको छ ।

मेरोशेयरको पोर्टफोलियो खोल्दा ७ वटा कोलम देखिन्छ, जसमा पहिलो कोलम सिरियल नम्बर हो । दोस्रो कोलममा कम्पनीको सिम्बल अर्थात् संकेत नम्बर, तेस्रोमा शेयर संख्या, चौथोमा अघिल्लो दिनको कारोबारको अन्त्यमा कायम मूल्य, पाचौमा अघिल्लो दिनको कारोबारको अन्त्यमा कायम मूल्यको आधारमा शेयरको कुल भ्यालु, छैठौमा अन्तिम कारोबार मूल्य र सातौ कोलममा अन्तिम कारोबार मूल्यको आधारमा शेयरको कुल भ्यालु रहेको हुन्छ ।

सुरुमा पोर्टफोलियो खोल्दा अंग्रेजी वर्णानुक्रम अनुसार कम्पनीको सुची देखिन्छ । अर्थात् पहिले A बाट सिम्बल आउने कम्पनीको सुची देखिन्छ । कम्पनीको नाम रहेको कोलमको माथि script लेखिएको ठाउँमा एकपटक क्लिक गर्दा कम्पनीको सुची उल्टो अंग्रेजी वर्णानुक्रम अनुसार देखिन्छ । हाल नेपाल स्टक एक्सचेन्ज नेप्सेमा Y बाट सुरु हुने कम्पनीको सिम्बलसम्म छ ।

त्यस्तै दोस्रो कोलममा लेखिएको current balance मा क्लिक गर्दा पहिले सबै भन्दा कम शेयर बह्येको कम्पनी देखिन्छ भने फेरी त्यहि क्लिक गर्दा सुची उल्टो भई सबै भन्दा बढी शेयर भएको कम्पनी अनुसारको सुची देखिन्छ ।

त्यस्तै अन्य कोलममा पनि शिर्षकमा क्लिक गरेर आफुलाई न्युनतम भ्यालुबाट अधिकतमको सुची चाहिने हो वा अधिकतमबाट न्यूनतम भ्यालु भएको चाहिने सो हेर्न सकिन्छ । अर्थात अन्तिम कारोबार मूल्यको आधारमा आफुसंग भएका कम्पनी मध्ये पनि कुनको भ्यालु सबै भन्दा कम अथवा सबै भन्दा अधिक छ हेर्नको लागि value as of LTP मा क्लिक गरेर हेर्न सकिन्छ । 

यो पनि :

भदौ भित्रै मेरोशेयरको एप 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved