'यस्ता छन् शेयरबजारमा उच्च कारोबार हुनुका ४ कारण '

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2020 | 06:07:07 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय शेयरबजारमा कारोबार रकममा निरन्तर वृद्धि भएको छ । यसै क्रममा बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ४ अर्ब १८ करोड बढीको शेयर कारोबार भएको छ । 

कारोबारसँगै आज सूचक पनि २५.५८ अंकले बढेको छ । सूचक र कारोबार रकम बढेपछि लगानीकर्ताहरु पनि उत्साहित भएका छन् 

शेयर बजार विश्लेषक अम्बिका पौडेल शेयर कारोबार रकम निरन्तर बढ्नुमा मुख्यत: ४ कारण रहेको बताउछन् । उनका अनुसार पहिलो कारण घट्दो ब्याजदर हो । अहिले बैंक तथा वित्तीय संस्थामा  अधिक तरलता रहेको र ब्याजदर समेत कम रहेकोले बैंकहरुले बोलाएरै सस्तो ब्याजदरमा कर्जा दिन थालेका छन् । त्यस्तै अहिले ब्यापार ब्यबसायको लागि अन्य क्षेत्रमा कर्जा खासै नगएकोले बजारमा धेरै रकम आएको उनी बताउछन् 

दोस्रो कारण घर मै बसेर सहज कारोबार रहेको पौडेल बताउछन् । अहिले अनलाइन मार्फत घर मै बसेर सजिल्यै शेयर कारोबार गर्न सकिने र पैसाको लेनदेन पनि अनलाईनबाट नै हुने गरेकोले सहज भएको उनको भनाई छ । घर मै बसेर सहज रुपमा कारोबार गर्न सकिने भएपछि बजारमा नयाँ लगानीकर्ता समेत थपिएका छन् 

अन्य पेशा ब्यवसाय अहिले ठप्प हुँदा त्यसमा प्रयोग हुने रकम शेयरबजारमा आउनु तेस्रो कारण रहेको उनको भनाई छ । अहिले उपत्यका सहित देशका विभिन्न स्थानमा  निषेधाज्ञा र लकडाउन रहेको र अन्य क्षेत्रको पेशा ब्यवसायको रकम शेयर बजारमा डाईभर्ट भएको पौडेलको भनाई छ । अन्य व्यबसाय ठप्प रहेको र शेयरबजारमा सहजै कारोबार गर्न सकिने भएकोले ति व्यवसायीले शेयरबजारमा अवसर देखेर बजारमा लगानी गर्न थालेका छन् ।

बजार धेरै न्यून बिन्दुमा गएको र अब बिस्तारै त्यस बिन्दुबाट बजार माथि उठ्न थाल्नु चौथो कारण भएको उनी बताउछन् । बजार विस्तारै बढ्न थालेपछि लगानीकर्ता उत्साहित भएको र यस अघि बाहिरिएका ठुला तथा संस्थागत  लगानीकर्ता पनि पुन: बजार प्रवेश गरेको उनको भनाई छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved