
नेपाल इन्भेष्टमेन्ट बैंक Nepal Investment Bank Limited ले सिटी एक्सप्रेस फाईनान्सलाई गाभ्नको लागि अन्तिम सम्झौता गरेको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले फाइनान्सलाई गाभ्नको लागि अन्तिम सम्झौता गरेको हो ।
बैंकले १००:३० को अनुपातमा फाइनान्सलाई गाभ्न लागेको हो । अर्थात् फाइनान्सको १०० कित्ता शेयर हुनेले बैंकको ३० कित्ता शेयर पाउने छन् ।