रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर डिम्याट खातामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2020 | 09:05:54 AM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स लाइफ इन्स्योरेन्स Reliance Life Insurance को शेयर लगानीकर्ता डिम्याट खातामा आएको छ । शुक्रबारबाट शेयर डिम्याट खातामा आउँन थालेको हो ।  

कम्पनीले हालै मात्र ६३ लाख कित्ता शेयर सर्वसाधारणमा जारी गरेको थियो । यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भएपछि लगानीकर्ताले कारोबार गर्न सक्ने छन्  । कम्पनीको कारोबार RLI सिम्बलबाट छ ।  

कम्पनीले शेयर रजिष्ट्रारको रुपमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ । यस संगै अब रिलायन्स लाइफको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही सनराईज क्यापिटलले गर्ने भएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved