४ दिन मै ११९० करोडको शेयर कारोबार, पुँजीकरणमा पुनर्बिमाले नबिललाई उछिन्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2020 | 05:20:06 PM मा प्रकाशित

laxmi  sunrise bank

गत साता नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ११ अर्ब बढी कारोबार भएको छ । ४ दिनको अवधिमा नेप्सेमा ११ अर्ब ९० करोड २४ लाख बढीको कारोबार भएको छ । यो औसतमा प्रति दिन २ अर्ब ९७ करोड ५६ लाख बराबर हो । गत साता भर नेप्से सूचक ५०.१ अंकले बढेको छ ।

गत साता नेपाल पुनर्बिमा कम्पनीको शेयर सबैभन्दा धेरै १ अर्ब ७२ करोडको कारोबार भएको छ । त्यस्तै बढी कारोबार हुनेमा दोस्रो नम्बरमा नेको इन्स्योरेन्स, तेस्रोमा नेपाल लाइफ इन्स्योरेन्स, चौथोमा शिवम सिमेन्ट र पाचौमा शिखर इन्स्योरेन्स रहेका छन् । 

गत साता बजार पुँजीकरणको आधारमा नेपाल टेलिकम शिर्ष स्थानमा छ । टेलिकमको बजार पुँजीकरण १ खर्ब ८ अर्ब रहेको छ भने दोस्रो नम्बरमा रहेको नेपाल पुनर्बिमा कम्पनीको ८८ अर्ब ९० करोड रहेको रहेको छ । गत साता पुँजीकरणको हिसाबले पुनर्बिमा कम्पनीले नबिल बैंकलाई पछाडी पारेको हो । तेस्रो स्थानमा पुगेको नबिलको बजार पुँजीकरण ८६ अर्ब ७३ करोड रहेको छ भने चौथो स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको बजार पुँजीकरण ७५ अर्ब ५७ करोड रेहेको छ । 

 गत साता एनआरएन इन्फ्रास्ट्रकचरको शेयर सबै भन्दा धेरै २८ हजार १ सय ५७ पटक कारोबार भएको छ भने दोस्रोमा पुनर्बिमा कम्पनीको शेयर १६ हजार ६ सय ५६ पटक कारोबार भएको छ  । गत साता नेप्सेमा २ कम्पनीको गरी कुल ३४ लाख ९१ हजार ९ सय ३२ कित्ता शेयर सुचिकृत भएको छ ।  सामुदायिक लघुवित्त र शिखर इन्स्योरेन्सका शेयर सुचिकृत भएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved