किन अस्वभाविक रुपले बढिरहेको छ पुनर्बिमाको सेयर मुल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2020 | 01:31:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुनर्विमा कम्पनीको सेयर मुल्य निरन्तर बढ्नुको कारणबारे सर्वसाधारणमा चाँसो बढेको छ। पुनर्विमाको सेयर मुल्य दुई महिनाको अन्तरमा प्रति कित्ता ५५७ रुपैयाँले बढेपछि यसको कारणबारे चाँसो बढेको हो। 

दिन दुगुना रात चौगुणा शैलीमा सेयर मुल्य बढ्नुलाई बिभिन्न कोणबाट विश्लेषण गरिएको छ। पुनर्बिमा कम्पनीले यो आर्थिक बर्ष केहि प्रतिशत नगद लाभांश दिने भएपनि यहि कारणले मात्र कम्पनीको सेयर मुल्य नबढेको जानकारहरुको भनाई छ। 

नेपालमा संस्थागत लगानीकर्ताले नेपाल पुनर्बिमामा आफ्नो सेयर हिस्सा धेरै बनाउनका लागि एक किसिमले प्रतिष्पर्धा नै गरेकाले यसको माग बढ्न गई मुल्य आकाशिएको बताइन्छ। 

धेरै चुक्तापुंजी भएको र राम्रो व्यवसाय गरिरहेको कम्पनीमा आफ्नो सेयर स्वामित्व अर्थात लगानीको पोर्टफोलियो हुँदा त्यसले बजार प्रवर्दन गर्नलाई सघाउने भएकाले धेरै सँस्थागत लगानीकर्ताले बजारमा छरिएर रहेका सेयर किन्नलाई तछाडमछाड गरेको बताइन्छ। 

कम्पनीले आइपीओ निष्काशन गर्दाको छरिएर रहेको सेयर किनेर नै आफ्नो सेयर स्वामित्व बढाउँन संस्थागत लगानीकर्ता तथा बिभिन्न संस्थान लागिपरेका छन्। यहि कारणले गर्दा पनि कम्पनीको सेयरमुल्य दुई महिनामा प्रति सेयर ५५७ रुपैयाँले बढेको बताइन्छ। कम्पनीले १६ प्रतिशत अर्थात  १ लाख ५२ हजार कित्ता सर्वसाधारण तथा आफ्ना कर्मचारीको लागि निष्काशन गरेको थियो। त्यो बेला आवेदकले न्युनतम १० देखि अधिकतम ५० कित्तासम्म आइपीओ पायेया थिए । 

नेपाल पुनर्बिमा कम्पनीको चुक्ता पुंजी १० अर्ब छ। जसमा सर्वसाधारण सेयरको हिस्सा (कर्मचारी सहित) १६ प्रतिशतले छ भने बिभिन्न जीवन तथा निर्जीवन बिमा कम्पनी र केहि संस्थाको करिब ४० प्रतिशत सेयर हिस्सा छ भने सरकारको ४४ प्रतिशत हिस्सा छ। संस्थाहरुलाई छुट्याइएको ४० प्रतिशत मध्ये आइएमई समुह र अग्रवाल समुहको मात्रै ९ प्रतिशत सेयर हिस्सा छ। 

नेपाल पुनर्बिमा कम्पनीले आफ्नो व्यवसायको दायरा फराकिलो बनाउदै लगेको र भविष्यमा राम्रो व्यवसाय गर्ने संस्थागत लगानीकर्ताको आंकलन छ। बाहिरका कम्पनीले पुनर्बिमा गर्ने क्रम बढी रहेको र नेपालका कम्पनीहरुले जारि गर्ने प्रत्येक पोलिसीको २० प्रतिशत जोखिम पुनर्बिमाले नै हेर्ने भएकाले यसको व्यवसाय झनै बढ्दै जाने विश्लेषण छ। 

नेपालमा राम्रो गरिरहेको र अन्तर्राष्ट्रिय स्तरमा पनि पहिचान बनाएको कम्पनीमा सेयर हिस्सा हुँदा कम्पनीको व्यवसाय प्रवर्द्धन तथा मार्केटिङमा सहयोग पुग्ने, संचालक समितिमा प्रभुत्व कायम गर्न पनि सकिने लगायतका स्वार्थकै कारण सर्वसाधरणको हातमा रहेको सेयर जति हालेर भएपनि किन्ने योजनामा संस्थागत लगानीकर्ता रहेको बताइन्छ। 

ठुला तथा संस्थागत लगानीकर्ताहरु अझैं पनि बजारमा छरिएर रहेका किन्ने दाउमा रहेकाले आगामी दिनमा पनि पुनर्बिमाको सेयरको माग बढ्ने र यसले मुल्यमा सकारात्मक प्रभाव पर्ने सेयरबजारका जानकार बताउँछन् । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved