आफ्नै हात जगन्नाथ ! नेप्सेका सीईओ साउदलाई के को नियम कानुन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2020 | 10:49:46 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदमाथि मनोमानी गरेको आरोप लागेको छ। सम्झौता गरेर नै लिन्छु भन्नेलाई नदिई बिना कुनै सम्झौता आफु निकटका मिडियालाई कारोबार बृस्तृत विवरण 'एपीआई' दिएर सीईओ साउदमाथि मनोमानी गरेको आरोप लागेको हो। 

आफुहरुले सम्झौता नै गरेर निश्चित रकम भुक्तानी गरेर एपीआई लिन्छु भन्दा पनि नदिएपछि साउद बिरुद्द उक्त कम्पनीका प्रतिनिधिले नेपाल धितोपत्र बोर्डमा मौखिक उजुरी दिएका छन्।

धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुङ्गानाले आफुले संचारमाध्यममा पनि यो बारे पढेको भन्दै आफूखुसी बिना कुनै सम्झौता लगानीकर्ता तथा सुचिकृत कम्पनीको 'एपीआई' दिन नहुने प्रतिकृया दिएको उक्त कम्पनीका प्रतिनिधिले बिजपाटीलाई बताए। 

यता धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानाले 'एपीआई' सम्बन्धमा सम्पूर्ण अधिकार नेप्सेलाई भएकाले आफुहरुले कुनै हस्तक्षेप गर्न नमिल्ने तर लिखित रुपमा उजुरी आए स्पष्टीकरण माग गरि आवश्यक कारबाही गर्न सकिने बिजपाटीलाई बताए। 

यो पनि: 
-डाटाको ब्यापारमा नेप्से: लगानीकर्ताको गोप्य विवरण ब्रोकर र मिडिया मालिकको हातमा

- नेप्सेमा सीईओको मनोमानी, लगानीकर्ताको डाटा चोरीमा मौन समर्थन         

'एपीआई' दिँदाको रकम तय गर्न अनुरोध समेत गर्दा सीईओ साउदले आईटी पोलिसी लागु भएको र अब छिट्टै यसको लागि कार्यविधि सार्वजनिक गरिने जवाफ दिएर आलटाल गर्दै आएका छन्।  साउदले आईटी पोलिसी सम्बन्धि कार्यविधि आएपछि दिने आलटाल गरिरहंदा तत्कालिन सीईओ सिताराम थपलियाका पालामा वितरण गरिएका एपीआई भने बन्द भएका छन्। तर आफु निकट मिडिया 'मेरो लगानी डटकम' को एपीआईलाई भने साउदले अहिलेपनि निरन्तरता दिएका छन्। 

'एउटा सेयर बजार सम्बन्धी समाचार सम्प्रेषण गर्ने मिडियालाई बिना कुनै सम्झौता एपीआई दिने तर राज्यलाई नै फाइदा हुनेगरि पैसा दिएर, सम्झौता गरेर कानुन सम्मत तरिकाबाट 'एपीआई' लिन्छु भन्नेलाई नदिने व्यवहार बुझीनसक्नु छ' पैसा दिएर एपीआई लिन्छु भन्ने कम्पनीका प्रतिनिधिले बताए। 

साउदले आईटी पोलिसीको कार्यविधि आएपछि अहिले विभिन्न मिडियाहरुलाई दिईएको एपीआई समेत स्वत खारेज हुने बताए। तर 'मेरोलगानी डटकम' को एपीआई मात्र सुचारू किन भन्ने प्रश्नको जवाफमा बिगतको सम्झौता भनेर पन्छिने गरेका छन्। साउदले मेरो लगानीसँग कुनै सम्झौता नै नगरेको स्रोतको दाबी छ। 

नेप्सेको सीईओ बन्नु पुर्व एउटा इन्भेष्टमेन्ट कम्पनीको प्रमुख रहेका साउदले उक्त कम्पनीको सेयर कारोबार गर्ने ब्रोकर र मेरो लगानी चलाउने व्यक्तिको लगानी रहेको ब्रोकर एकै भएको पनि स्रोतको दाबि छ।   स्रोत भन्छ, आफ्नै हातमा डाडु पन्यू भए पछि कस्ले छेक्ने भन्ने ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved