मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १२ लाख कित्ता बढी शेयर सूचिकृत भएको छ । मंगलबार नेप्सेमा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स Forward Community Microfinance Bittiya Sanstha Limited को ३२.५० प्रतिशतले हुन आउने १२ लाख २७ हजार ४३४ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।
शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।