मर्चेन्ट बैंकर्स संघका पदाधिकारी र सेबोन अध्यक्षबीच भेटवार्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2020 | 04:25:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्य समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्षसंग भेटवार्ता गरेको छ । संघका नवनिर्वाचित अध्यक्ष मेख बहादुर थापाको नेतृत्वमा कार्यसमितिका सदस्यहरुले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानासँग भेटवार्ता गरेको हो । 

भेटका क्रममा पूँजी बजारको थप विकास र विस्तारका सम्बन्धमा छलफल भएको बताईएको छ । संघको तर्फबाट अध्यक्ष थापाले नेपाल धितोपत्र बोर्डको निती निर्देशन कार्यान्यन तथा बजार विकासका लागि पूर्ण प्रतिबद्धता जनाएका छन् । उक्त अवसरमा बोर्डका कार्यकारी निर्देशक निरज गिरी तथा संघका निवर्तमान अध्यक्ष ध्रुव तिमिल्सिनासमेत उपस्थित थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved