
प्रभु क्यापिटल Prabhu Capital ले एक दिने शेयर बजार सम्बन्धि तालिम प्रदान गरेको छ । वीरगञ्जस्थित नेप्लिज योंग इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) को सहकार्यमा एक दिने आधारभूत तालिम सञ्चालन गरिएको कम्पनीले जनाएको छ । तालिममा करिब २५० जनाको सहभागीता थियो ।
कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य महासंघ प्रदेश २ का कार्यकारी सदस्य तथा उद्योग वाणिज्य संघ वीरगञ्जका पूर्व अध्यक्ष अशोक टेमानीले शेयर बजारको महत्व र यसमा लगानी गर्दा हुने फाइदाहरुको बारेमा जानकारी गराएका थिए ।
प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक दिनेश थकालीले क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनमा अझै व्यापक रुपमा यस्ता कार्यक्रमहरुलाई देशव्यापी रुपमा विस्तार गर्ने बताए ।