शेयर कारोबारीको संख्या ६ लाख नजिक, लगानीकर्ताको रोजाईमा कुन ब्रोकर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2021 | 01:52:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा शेयर कारोबारको लागि  ब्रोकर आईडी खोल्ने लगानीकर्ताको संख्या झन्डै ६ लाख पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार फागुन २० गतेसम्म ब्रोकर एकाउन्ट खोल्नेको संख्या ५ लाख ९४ हजार ८ सय ७९ जना पुगेको छ ।

जस मध्ये ७४.८६ प्रतिशत अर्थात ४ लाख ४५ हजार ३ सय ५३ जना अनलाइन प्रणालीमा आवद्द रहेको नेप्सेले जनाएको छ । यी मध्ये २ लाख २२ हजार ५ सय ६९ जना सक्रिय रुपमा कारोबार गरिरहेको नेप्सेले जनाएको छ ।

अनलाइनको लागि सबै भन्दा धेरै युजर नेम र पासवर्ड दिनेमा नासा सेक्युरिटिज रहेको छ । नासाले हालसम्म ४१ हजार ९ सय २ जनालाई युजर नेम र पासवर्ड प्रदान गरेको छ  । त्यस्तै १० हजार भन्दा बढी युजर नेम र पासवर्ड दिने ब्रोकरमा सानी सेक्युरिटिज (२७ हजार ६ सय ६९ जना), मिदास (२० हजार ५ सय ३),  आर्यतारा (१९ हजार ८ सय १५ जना, इम्पिरियल (१९ हजार २८ जना), भिजन (१८ हजार ९ सय १४) दिपशिखा (१८ हजार ७ सय ७९ जना), अनलाइन सेक्युरिटिज (१८ हजार ५ सय ५०), लिन्च स्टक (१५ हजार ७  सय ३५ जना), सुन्धारा सेक्युरिटिज (१३ हजार ८९ जना), अकसफोर्ड (११ हजार ७ सय ९२ जना), सिप्रबी (११ हजार ८८), प्रिमियर (१० हजार ८ सय २) र कोहिनुर (१० हजार ३ सय ८२ जना )  रहेका छन्  ।

सगरमाथा सेक्युरिटिजले भने सबै भन्दा कम अर्थात् ७ सय ७९ जनालाई युजर नेम र पासवर्ड प्रदान गरेको छ  । १ हजार भन्दा कम लगानीकर्तालाई युजर नेम र पासवर्ड दिने सगरमाथा सेक्युरिटिज मात्र हो  । 

हेर्नुस सूची: 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved