एन आइ सी एशिया क्यापिटलमा अनलाइन मार्फत लगानी व्यवस्थापन सेवा लिन सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2021 | 04:10:11 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया क्यापिटलले लगानीकर्ताहरुलाई अनलाइनको माध्यमबाट  लगानी व्यवस्थापन सेवा (Portfolio Management Service-PMS)  को लागि आवेदन दिन सक्ने व्यवस्था सुरु गरेको छ । 

लगानीकर्ताहरुले लगानी व्यवस्थापन सेवा अनलाईन मार्फत सहज रुपमा घरमै बसी लिई शेयर बजारमा लगानी गरी अल्पकालीन र दिर्घकालीन फाईदा लिन सक्ने क्यापिटलले जनाएको हो। उक्त सेवा लिने ग्राहकहरुको लगानी सम्बन्धी निर्णय गर्दा शेयर बजार सम्बन्धी राम्रो ज्ञान र अनुभव भएका विज्ञ समुहबाट गरिने हुँदा लगानीकर्ताहरुलाई कम जोमिख बहन गरी उच्च प्रतिफल प्राप्त गर्ने अवसर प्राप्त हुने क्यापिटलले जनाएको छ । 

अनलाईन मार्फत लगानी व्यवस्थापन सेवा लिन चाहने ग्राहकहरुले एन आई सी एशिया क्यापिटलको वेभसाईट वा सोझै यो लिंक https://www.nicasiacapital.com/book-an-appointment  मा क्लिक गरि थप जानकारीको लागी आफ्नो समय अनुकुल भर्चुअल मिटिङको लागि समय बुक गर्न सक्ने छन्  । साथै उक्त लगानी व्यवस्थापन सेवा लिनको लागि सोझै  https://portfolio.nicasiacapital.com/Global/Account/Login   मा क्लिक गरी रितपूर्वक आवश्यक विवरण÷कागजातहरु अपलोड गर्नु पर्ने छ । 

उक्त सेवाको सम्बन्धमा थप जानकारीको लागि क्यापिटलको मोवाईल नं. ९८५११२१९९४ मा सोझै सम्पर्क गर्न सकिने छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved