हाइड्रोका प्रवर्दकले नाफा बुक गर्दा सेयरबजारबाट उठ्यो अहिलेसम्मकै बढी कर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2021 | 10:37:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सेयरको दोस्रो बजारमा यस साता धेरै बिषयमा ऐतिहासिक रेकर्ड कायम भएका छन्। कारोबार रकम र नेप्से इन्डेक्स मात्र नभई सरकारले संकलन गरेको राजश्व रकममा समेत यस साताको सेयरबजारले ऐतिहासिक रेकर्ड बनाएको छ। 

यस साताको कारोबारको पहिलो दिन आइतबार नै सेयरबजारमा राजश्व संकलनले ऐतिहासिक रेकर्ड बनाएको तथ्यांकले देखाएको छ। आइतबारको कारोबारबाट  मात्रै १५ करोड ४९ लाख १९ हजार ५१२ रुपैयाँ पुंजीगत लाभकर बापतको राजश्व जम्मा भएको छ। उक्त दिन पुँजीगत लाभकर बापत जम्मा भएको यो रकम सेयर बजारको इतिहासमै उक्त दिनसम्मको सबैभन्दा धेरै हो। आइतबार १६ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यसमा हाइड्रोको सेयर कारोबारको  ठुलो हिस्सा रहेको छ। 

केहि साता यता सेयरबजारमा सुचिकृत हाइड्रो कम्पनीहरुको सेयर मुल्यमा अत्यधिक वृद्धि हुँदा हाइड्रो प्रवर्दकहरुले सेयर बिक्रि गरि नाफा बुक गरेकाले उक्त दिन अहिलेसम्मकै ऐतिहासिक पुँजीगत लाभकर जम्मा भएको विश्लेषण गरिएको छ। हाइड्रोको प्रवर्दक सेयर र बजार मुल्य बीचको अन्तर धेरै भएकाले पुंजीगत लाभकर पनि बढी उठेको विश्लेषण गरिएको छ।

अघिल्लो साता जेठ ६ गते बिहिबारदेखि यस साताको सोमबार जेठ १७ गते सम्म आइपुग्दा प्रत्येक दिनजसो सरकारलाई सेयरबजारबाट प्राप्त हुने पुँजीगत लाभकर बापतको राजश्वमा वृद्धि हुँदै गएको छ। 

जेठ ६ गते ८ अर्ब ८९ करोडको कारोबार हुँदा ७८ लाख ८२ हजार पुँजीगत लाभकर उठेकोमा जेठ १६ गते १६ अर्ब ६२ करोड रुपैयाँको कारोबार हुँदा १५ करोड ४९ लाख उठेको छ। त्यस्तै जेठ १७ गते १३ अर्ब ३ करोडको कारोबार हुँदा १४ करोड ५९ लाख उठेको छ। त्यस्तै गत आइतबार जेठ ९ गते ११ अर्ब २६ करोडको सेयर कारोबार हुँदा ९३ करोड ९९ लाख उठेको छ भने त्यसयता प्रत्येक दिनको कारोबारबाट उठ्ने पुँजीगत लाभकर बढ्दै गएको छ। 

पछिल्लो केहि साता पुँजीगत लाभकर बढ्दै जानुले हाइड्रो प्रवर्दकहरु प्रवर्दक सेयर बिक्रि गरि नाफा बुक गरेर बजारबाट बाहिरिएको विश्लेषण गरिएको छ। 

चालू आर्थिक बर्षको जेठको १७ गतेसम्ममा १० अर्ब ५५ करोड ३ लाख रुपैयाँ पुँजीगत लाभकर बापत राजश्व उठेको छ। यो रकम सेयरबजारको इतिहासमा अहिलेसम्मकै बढी राजश्व हो।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved