नेप्सेमा एभरेष्ट बैंकको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2021 | 08:34:13 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट बैंक Everest Bank Limited  को शेयर मूल्य समायोजन भएको छ । बैंकले साधारणसभा प्रयोजनको लागि आज मङ्सिर १७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज नै मूल्य समायोजन भएको हो । 

बैंकको ६ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि बैंकको शेयर मूल्य प्रति कित्ता ५५० कायम भएको छ । समायोजन अघि बैंकको शेयर मूल्य प्रति कित्ता ५८३ रुपैयाँ रहेको थियो । 

बैंकले पुस १ गते बिहिबार लाजिम्पाट स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ४.३२ प्रतिशत नगद लाभांश गरि कुल १०.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोछ । हाल कम्पनीको चुक्ता पुंजी ८ अर्ब ८९ करोड ३७ लाख १७ हजार रहेको छ ।  साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ  ।  मङ्सिर १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्।  

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु : 

१. संचालक समितिको तर्फबाट अध्यक्षज्यूको प्रतिवेदन ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २००८ साल आषाढ ३१ गतेको वासलात, सोही मितिमा समाप्त आ.व. २०७०/०८ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण
छलफल गरी पारित गर्ने ।

३. मिति २००८/06/१२ मा बसेको सञ्चालक समितिको 338 औं बैठकले, शेयरधनीहरुलाई निम्न बमोजिम
बोनस शेयर तथा नगद लाभाशं प्रदान गर्न सिफारिश गरेकोले सो प्रस्ताव छलफल गरी पारित गर्ने,

(क) हालको चुक्ता पूँजीको ६% का दरले हुने रु. ५३,३६,२३,०३१/- बराबरको बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव,

(ख) हालको चुक्ता पूँजीको 8.३२% का दरले हुने रु. ३८४२,०८,५८३/- बराबरको नगद लाभाशं (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्न गरेको सिफारिशलाई छलफल गरी पारित गर्ने,

३. प्रबन्ध-पत्र संशोधन सम्बन्धि विशेष प्रस्ताव पारित गर्ने, जारी तथा चुक्ता पूँजी बृद्धिः बैंकले प्रस्तावित रु. ५३,३६,२३,०३१/- बराबरको बोनस शेयर वितरण पश्चात हालको जारी र चुक्ता पूँजी रु. ८.८९,३०,१०,१०८/- बाट बृद्धि भई रु. ९,४२,०३,४०,२०९/- हुने भएकोले जारी र चुक्ता पूँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने।

५. आ.व. २००८/०९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने।

६. विविध


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved