बुद्धभूमि नेपाल हाइड्रोपावरले चयन गर्यो शेयर रजिष्ट्रार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2021 | 09:09:15 AM मा प्रकाशित

laxmi  sunrise bank

बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले सिद्धार्थ क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । बुद्धभूमिको संचालक समितिले शेयर रजिष्ट्रार कार्यको लागि सिद्धार्थ क्यापिटललाई रजिष्ट्रार नियुक्त गरेको हो ।

यस संगै बुद्धभूमि नेपाल हाइड्रोको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने लगायत कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु सिद्धार्थ क्यापिटलले गर्ने छ।

कम्पनीले असोज ११ गते देखि सर्वसाधरणका लागि साधारण सेयर  बिक्रि खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन गरेको थियो । ८ लाख कित्ता मध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिएका थिए । 

कम्पनीको शेयर बाँडफाँड भईसकेको छ  । आईपिओमा कुल २० लाख ३० हजार ९ सय ५५ जनाको आवेदन परेकोमा १६ हजार ३३ जनाको आवेदन रद्द भएको र कुल २० लाख १४ हजार ९ सय २२ जनाको आवेदन मात्र योग्य भएका थिए। योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको हो । जस अनुसार गोलाप्रथाबाट ७४ हजार ४ सय जनाले १० कित्ताका दरले शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १९ लाख ५६ हजार ५ सय ५५ जना हात खाली भएका छन् । 

उक्त शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भएपछि लगानीकर्ताले ति शेयर खरीद बिक्रि गर्न सक्ने छन् । 


 कम्पनी परिचय : 

बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड प्रचलित कानून बमोजिम २०७४ साल श्रावण ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भै मिति २०७४ साल श्रावण ३१ गते देखि पब्लीक लिमिटेड कम्पनीमा परिणत भै कम्पनी ऐन २०६३ र विद्युत ऐन २०४९ अन्तर्गत काम÷कारोबार गर्दै आइरहेको छ । 

कम्पनीले तल्लो ताँदी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको विद्युत गृह स्थल नुवाकोट जिल्लाको सदरमुकाम बिदुर बाट २६ कि.मी. को पुर्वमा तथा खरानीटार बजार बाट ५ किलो मिटरको दुरीमा अवस्थित रहेको छ । आयोजनाको मुख्य संरचनामा हेडवर्क्स दुप्चेश्रर गाउं पालिका को वडा नं ५ र ६ मा तथा आयोजनाको पावर हावर पंचकन्या गाउंपालिका वडा नं ०४ नौटारीमा पर्दछ। आयोजनाको जडित क्षमता ४.९९३ मे.वा रहेको छ  । समग्रमा आयोजनाको कार्य प्रगति ९५ प्रतिशत सम्पन्न भइसकेको कम्पनीले उल्लेख गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved