
प्रभु क्यापिटल Prabhu Capital पोखरा फाइनान्स Pokhara Finance Limited को शेयर रजिष्ट्रारमा नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि पोखरा फाइनान्स र प्रभु क्यापिटलबीच सम्झौता भएको हो ।
सम्झौतामा पोखरा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङ्ग र प्रभु क्यापिटलको तर्फबाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले हस्ताक्षर गरेका छन् । २०७८ पुष ५ गतेदेखि लागू हुने गरी पोखरा फाइनान्सले प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले पोखरा फाइनान्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।