३ लघुवित्त र नागरिक लगानीको कोषको शेयर बेच्दै एनआईसी एशिया बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2022 | 08:53:42 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले तीन लघुवित्त तथा नागरिक लगानी कोषमा रहेको आफ्नो स्वामित्वको संस्थापक शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री खुला गरेको छ ।

बैंकले आरएमडिसी लघुवित्तको ३ लाख ६५ कित्ता, मेरो माइक्रोफाइनान्सको ८३ हजार ८२९ कित्ता, महुली लघुवित्तको ११ हजार २५४ कित्ता र नागरिक लगानीको कोषको ३ लाख ८१ हजार ९०२ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । 

यी कम्पनीका शेयर लिलाम बढाबढ प्रक्रियामार्फत खरिद गर्न चाहनेले माघ २ गतेदेखि माघ ७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

आरएमडिसी लघुवित्तको न्यूनतम शेयर मूल्य ४९४ रुपैयाँ, मेरो माइक्रोफाइनान्सको न्यूनतम शेयर मूल्य ४८४ रुपैयाँ, महुली लघुवित्तको न्यूनतम शेयर मूल्य ६४० रुपैयाँ र नागरिक लगानी कोषको न्यूनतम मूल्य १ हजार १८३ रुपैयाँ तोकिएको छ ।

एनआईसी एशिया क्यापिटलमा गएर शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved