४०.५७ अंकले घट्यो नेप्से, ५ अर्ब ८३ करोडमा खुम्चियो कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2022 | 03:46:15 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज ४०.५७ अंकले घटेर घटेसँगै नेप्से सूचक २८३६.१७ को विन्दुमा आईपुगेको छ ।

आज २२८ कम्पनीको १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता सेयर ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० रुपैयाँमा किनबेच भएको छ । 

आज कारोबारमा आएका सबै समूहको सूचक ओरालो लागेको छ । 

वित्त समूहको सेयर २.४१ प्रतिशतले घट्दा डेभलपमेन्ट बैंकको १.९६ प्रतिशत, व्यापार समूहको १.६६ प्रतिशत, जलविद्युत तर्फको १.१३ प्रतिशत र लगानी समूहको १.३१ प्रतिशतले सेयर मूल्य घटेको छ । 

आज नेपाल हाइड्रो डेभलपर्स कम्पनीको सेयर मूल्य ८ प्रतिशतले बढेको छ । विन नेपाल लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रो पावरको सर्वाधिक कारोबार भएको छ । यो कम्पनीको ५४ करोड ४९ लाख बढी मूल्यको सेयर कारोबार भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved