शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ । मंगलबार १६.३ अंकले घटेको नेप्से सूचक आज २२.०६ अंकले घटेर २८१३.५२ अंकमा झरेको छ ।
आज सबै समूहको शेयर मूल्य घटेको छ । आज जम्मा ६५ लाख २० हजार ६२८ कित्ता शेयर किनबेच भएको छ । कारोबार रकम ३ अर्ब ४७ करोड ११ लाखमा खुम्चिएको छ ।
आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको १८ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार हुँदा बुद्धभूमि नेपाल हाइड्रोको शेयर मूल्य साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।
बजार घटेपनि लिबर्टी इनर्जीको शेयर मूल्य भने ३ प्रतिशतले बढेको छ ।