आज पनि दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ८२ करोडको कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2022 | 03:26:38 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ । बुधबार २२.६ अंकले घटेको नेप्से सूचक आज ११.९६ अंकले घटेर २८०१.५६ अंकमा झरेको छ । 

आज व्यापार, अन्य र मुचुअल फण्ड समूहबाहेक सबै समूहको शेयर मूल्य घटेको छ । आज २२७ कम्पनीका ६९ लाख ५० हजार ८३८ कित्ता शेयर किनबेच भएको छ । कारोबार रकम ३ अर्ब ८२ करोड ९५ लाख पुगेको छ । बुधबारको तुलनामा आज कारोबार रकम भने बढेको हो । 

आज नेपाल टेलिकमको कारोबार सबैभन्दा धेरै भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved