विन नेपाल लघुवित्तको शेयर कारोबार फुकुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2022 | 10:15:23 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले विन नेपाल लघुवित्तको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले कम्पनीलाई स्पष्टिकरण सोध्दै शेयर कारोबार समेत रोक्का गरेको थियो ।

तर कम्पनीले भुलवश गल्ति भएको र अब आइन्दा नियम अनुसार कार्य गर्ने भन्दै माफी मागेपछि नेप्सेले कारोबार फुकुवा गरिदिएको हो । नेप्सेले नयाँ बुक क्लोज मिति तय गरि नेप्सेलाई ७ दिन भित्र जानकारी गराउन समेत निर्देशन दिएको छ । 

कम्पनीले बुक क्लोज मिति कायम गरेपछि कम्तिमा बुक क्लोज भन्दा ७ दिन अगाडी नेप्सेलाई जानकारी दिनु पर्नेमा सो ब्यबस्था पालना नगरको भन्दै नेप्सेले कारोबार रोक्का गरेको थियो । कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ ३ गतेदेखि जेठ २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीले यो जानकारी नेप्सेलाई बैशाख ३० गते मात्र जानकरी गराएको थियो । बुक क्लोज मिति भन्दा कम्तिमा ७ दिन अगाडी नेप्सेलाई जानकारी दिनु पर्नेमा सो ब्यबस्था पालना नगरको भन्दै नेप्सेले कारोबार रोक्का गरेको थियो । त्यस्तै नेप्सेले यसमा के कसो हो भनाएको भन्ने विषयमा ३ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको थियो । 

जवाफमा कम्पनीले बुक क्लोज बारेको निर्णय गर्दा भुलवस त्रुटी हुन गएको र आगामी दिनमा धितोपत्र सूचीकरण विनियमावलीको सम्पूर्ण ब्यबस्था पालना गर्ने प्रतिवद्दता जनाएपछि नेप्सेले कारोबार फुकुवा गरेको हो ।   नेप्सेले नयाँ बुक क्लोज मिति तय गरि नेप्सेलाई ७ दिन भित्र जानकारी गराउन समेत निर्देशन दिएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved