शेयर लगानीकर्तालाई अर्को आर्थिक भार थपिँदै, टिएमएस चलाए वापत पनि शुल्क तिर्नु पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2022 | 09:30:52 AM मा प्रकाशित

laxmi  sunrise bank

डिम्याट शुल्क, मेरो शेयर शुल्क, सीआश्वा शुल्क तिर्नु परिरहेका शेयर लगानीकर्तालाई अब अर्को आर्थिक भार पनि थपिने भएको छ । अब लगानीकर्ताले अनलाइन कारोबार ब्यबस्थापन प्रणाली टिएमएस चलाए वापत पनि पैसा तिर्नु पर्ने भएको हो । 

हालसम्म लगानीकर्ताले निशुल्क रुपमा टिएमएस चलाएकोमा अब भने यस सेवा दिए वापत ब्रोकरहरुले पैसा उठाउन सक्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार संचालन विनियमावली २०७५ लाई तेस्रो पटक संशोधन गर्दै 'धितोपत्र कारोबार सचालन 'तेस्रो संशोधन' नियमावली २०७९' स्वीकृत गरिसकेको छ । उक्त संशोधित विनियमावलीमा टिएमएस सेवा दिए वापत ब्रोकरले लगानीकर्तासँग वार्षिक अधिकतम १०० रुपैयाँ सेवा शुल्क लिन सक्ने ब्यबस्था गरिएको छ 

संशोधित विनियमावलीमा भनिएको छ 'कारोबार सदस्यले कारोबार व्यवस्थापन प्रणाली मार्फत ग्राहकलाई अनलाइन सेवा प्रदान गरे बापत प्रत्येक ग्राहकबाट वार्षिक बढीमा एक सय रुपैयाँको दरले सेवा शुल्क लिन सक्नेछ ।'

हालसम्म संशोधित विनियमावली भने लागु भईसकेको छैन । कहिलेदेखि विनियमावली लागु गर्ने भन्ने निर्णय नेप्सेले गर्ने छ । नेप्सेले हालसम्म लागु गर्ने मिति तोकिसकेको छैन 

यस अघि नेप्सेले मार्जिन कारोबार समबन्धि कार्यविधि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भई आएको १ वर्षपछि बल्ल लागु गरेको थियो । धितोपत्र कारोबार संचालन विनियमावली पनि नेप्सेले कहिले देखि लागु गर्ने निर्णय गरिसकेको छैन 

संशोधित नियमावलीमा ब्रोकरले आफ्नै टीएमएस बनाएर सेवा दिन सक्ने ब्यबस्था गरिएको छ । हाल ब्रोकरहरुले नेप्से कै भेन्डर कम्पनी वाईकोले तयार पारेको टिएमएस चलाउदै आएका छन् । १ दिनमा कम्तिमा ५ लाख वटा कारोबार ब्यबस्थापन गर्न सक्ने टिएमएस निर्माण गर्नु पर्ने उल्लेख छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved