
बजेट पछिका ५ दिन लगातार सेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ । निरन्तर घटिरहेको नेप्से सूचक आज पनि ओरालो लाग्ने क्रम रोकिएन ।
साताको अन्तिम दिनको कारोबारमा पनि आज नेप्से ३३.७६ अंकले घटेको छ । आज पनि घटेर नेप्से परिसूचक २०७८.७० को बिन्दुमा आईपुगेको छ ।
आज १ अर्ब ३० करोड ७३ लाख ५९ हजार रुपैयाँ बराबरका ३८ लाख ४८ हजार ५०८ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
कारोबारमा आएका सबै समूहगत सूचक घटेका छन् ।
उपकार लघुवित्तको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।