
आज बिहिबार सेयर बजार परिसूचक नेप्से घटेको छ । आज १६.६ अंकले घटेर सेयर बजार २०२७.३२ बिन्दुमा झरेर रोकिएको छ ।
बिहीबार २२९ कम्पनीको ४७ लाख ११ हजार २५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ८० करोड ६२ लाख रकमको कारोबार भएको छ ।
आज म्युचअल फन्ड उपसमूह मात्रै बढ्यो । बैंकिङ, व्यापार, होटल तथा टुरिजम, विकास बैंक, हाइड्रोपावर लगायतका सबै उपसमूह राताम्मे रहे ।