
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)का अध्यक्ष पवन कुमार गोल्यानले सेयर बजारको पछिल्लो अवस्थाले साना लगानीकर्ता समस्यामा परेको बताएका छन् ।
सिविफिनले त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा अध्यक्ष गोल्यानले कमाईको केही हिस्सा भएपनि आजभोली व्यक्तिहरुले सेयर बजारमा लगानी गर्ने भएकाले अहिले सबैभन्दा समस्याग्रस्त अवस्थामा साना लगानीकर्ता रहेको बताए । उनले लगानीकर्तालाई प्रोत्साहन गर्ने नीति आगामी मौद्रिक नीतिमार्फत आउनुपर्ने पनि बताए ।
४ र १२ करोडको सीमाका सम्बन्धमा थाहा नै नभएका र यसले नछोएका लगानीकर्ताहरु पनि अत्यन्त संकटग्रस्त अवस्थामा रहेकाले उनीहरुको उद्दार हुने गरी मौद्रिक नीतिले नीतिगत व्यवस्था गर्नेमा सिविफिन विश्वस्त रहेको पनि अध्यक्ष गोल्यानको भनाई छ ।