
उपभोक्ता
अधिकारका क्षेत्रमा कार्यरत उपभोक्ता जागरण अभियान नेपालले मूल्यवृद्धि नियन्त्रणका
विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
अभियानका
पदाधिकारीले सरकारका मुख्यसचिव शङ्करदास वैरागीसहित उद्योग, वाणिज्य तथा
आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति
तथा उपभोक्ता संरक्षण विभागका अधिकारीलाई बिहीबार भेटेर मूल्यवृद्धि नियन्त्रणका लागि
चाल्नुपर्ने कदमका विषयमा ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएका हुन् ।
ज्ञापनपत्रमा
बजारमा एकाधिकारपूर्ण,
अनुचित र कानुनद्वारा निषेधित ब्यापारिक कार्यहरू हुने गरेको उल्लेख
छ । हरेक क्षेत्रमा सेटिङमा काम भइरहेको भन्दै ज्ञापनपत्रमा बजार अनुगमन सार्थक एवं
प्रभावकारी हुन नसकेको गुनासो गरिएको छ ।
जागरण
अभियानका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली नेतृत्वको टोलीले बुझाएको ज्ञापनपत्रमा
बजार हस्तक्षेपको नीति अख्तियार गर्दै खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत
दैनिक अत्यावश्यक वस्तुको बिक्री वितरण गरेर आपूर्ति व्यवस्थालाई सहज तुल्याइ बजार
मूल्यलाई नियन्त्रण गर्नुपर्ने उल्लेख छ ।
भन्सार
गेट मूल्य र उद्योग गेट मूल्यको आधारमा वस्तुको मूल्य विश्लेषण गर्न उद्योग, वाणिज्य तथा
आपूर्ति मन्त्रालयले विभाग, कार्यालय र निरीक्षण अधिकृतलाई
निर्देशन दिनुपर्ने सुझाव पनि दिइएको छ ।