ब्याजदर बढ्ने चर्चाले भारी अंकले घट्यो नेप्से

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2022 | 03:04:00 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार शेयरबजार परिसूचक नेप्से भारि अंकले घटेको छ । आज नेप्से सूचक ५७ अंकले घटेर १९२४.४८ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २३२ कम्पनीका ६९ लाख ४० हजार ५ सय ९६ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब १२ करोड ५६ लाख ५५ हजार बराबरको कारोबार भएको छ । 

जस मध्ये लक्ष्मी बैंक लिमिटेडको २१ करोड ५० लाखको कारोबार भएको छ भने रिडी पावर कम्पनिको ११ करोड ६४ लाखको कारोबार भएको छ । आज कारोबार भएको कम्पनिहरु मध्ये २ वटा कम्पनीको शेयर मूल्य मात्र बढेको छ  । 

आज समृद्धि फाइनान्स ७.३५ प्रतिशत घटेको छ भने श्वेत गंगा हाइड्रोपावरको शेयर मूल्य ७.०४ प्रतिशत तथा अपर सोलु हाइड्रोपावरको शेयर मूल्य ६.९६प्रतिशत घटेको छ । 

बैंकहरुबीच ब्याजदरमा गरिएको भद्र सहमति तोडिएको र अब ब्याजदर बढ्ने चर्चाले बजार घटेको विश्लेषक बताउछन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved