नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्समा अर्थ समितिको चासो, तयारीबारे माग्यो जवाफ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2022 | 01:33:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सबारे अर्थ समितिले चासो देखाएको छ । अर्थ समितिले एक पत्र लेख्दै यसको तयारीबारे जवाफ पठाउन नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्ज (नेप्से)लाई निर्देशन दिएको हो ।

अर्थ समितिले भदौ २९ गते नै दुबै संस्थालाई १ हप्ताभित्र हालसम्म भएको तयारीको लिखित जवाफ पठाउन निर्देशन दिएको हो । 

नियमावली नै संशोधन गरेर नयाँ स्टक एक्सचेन्ज, ब्रोकर लाइसेन्स र कमोडिटी एक्सचेन्ज ल्याउनलाई बोर्डले आवेदन समेत माग गरिसकेको छ। 

यद्दपि, अर्थ समितिले भने यसरी लाइसेन्सको आवेदन खुलाउन अगाडी बोर्ड र नेप्सेले गरेको तयारीबारे चासो लिएको हो ।

बोर्डले भने सूचनामा एउटा स्टक एक्सचेन्ज र २ वटा कमोडिटी एक्सचेन्जको लागि लाईसेन्स दिन बताएपनि कति वटा स्टक ब्रोकर र कति वटा स्टक डिलरलाई लाईसेन्स दिने भन्ने खुलाएको छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved