नेप्सेमा अभियान लघुवित्तको शेयर सुचिकृत, कतिमा हुन्छ सुरुवाती कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2022 | 04:30:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा अभियान लघुवित्तको शेयर सुचिकृत भएको छ। आज शुक्रबार कम्पनीको २५ लाख कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै आइतबारबाट कम्पनीको शेयर कारोबार गर्न सकिने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०५.३६ रुपैयाँदेखि ३१६.०८ रुपैयाँसम्मको रेन्ज तोकेको छ । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने छन् । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । आइतबारको स्पेसल पी ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । कम्पनीको AVYAN सिम्बलबाट कारोबार हुने छ । 

कम्पनीले साउन १८ गतेदेखि साउन २२ गतेसम्म  सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो। कम्पनीले १०० अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गरेको थियो । जस मध्ये ४८ हजार ७ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो भने १२ हजार ५ सय कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएकोथियो । बाँकि रहेको ९ लाख १३ हजार ७ सय ५० कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्।   

हाल कम्पनीको अधिकृत पूँजी रु.३० करोड, जारी पूँजी रु.२५ करोड, र चुक्ता पूँजी रु.१५ करोड २५ लाख रहेको छ। सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी रु.२५ करोड हुनेछ।  कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको पनौतीमा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved