हाथवे इन्भेष्टमेन्टको साधारणसभा आह्वान, १० प्रतिशत लाभांश प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2022 | 10:02:18 AM मा प्रकाशित

laxmi  sunrise bank

शेयर बजारमा लगानी गरिरहेको हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले साधारणसभा आह्वान गरेको छ  । कम्पनीले असोज २८ गते लैनचौर स्थित होटेल एम्बासडरमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। कम्पनीको संचालक समितिले  चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश प्रदान गर्ने प्रस्ताव गरेको छ। 

त्यस्तै सभामा सञ्चालक समितिको तर्फवाट अध्यक्षज्यूद्वारा प्रस्तुत चौधौं वार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको २०७८/७९ साल आषाढ मसान्तको वासलात, सोहि मितिमा समाप्त आ.व. २०७८/७९ को आयव्यय हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुने छ। त्यस्तै कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०७९/८० को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ। विशेष प्रस्ताव अन्तर्गत कम्पनीले खरिद तथा लगानी गरेको रकम अनुमोदन गर्ने प्रस्ताव रहेको छ । 

कम्पनीले सर्वसाधारणमा आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले प्रति कित्ता अंकित मुल्य ५० रुपैयाँले हुने १४ करोड ६२ लाख ५० हजार बराबरको २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved