सानिमा लाइफ इन्सोरेन्स र समीट लघुवित्तको शेयर कारोबार फुकुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2022 | 03:43:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा लाइफ इन्सोरेन्स र समीट लघुवित्तको शेयर कारोबार फुकुवा भएको छ  ।  नेपाल स्टक एक्सचेन्ज नेप्सेको आज मङ्सिर २१ गतेको निर्णय अनुसार कम्पनीको शेयर कारोबार फुकुवा भएको हो । 

यस सँगै अब मङ्सिर २५ गते आइतबारदेखि कम्पनीको शेयर कारोबार गर्न सकिने भएको छ ।   नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।  

नेपाल धितोपत्र बोर्डले जारी गरेको 'धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ' बमोजिम दुवै कम्पनीको शेयर कारोबार फुकुवा भएको हो । यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा  जाने कम्पनीको शेयर कारोबार  अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ । सोहि ब्यबस्था अनुसार नै मर्जर प्रक्रियामा रहेका दर्जन बढी कम्पनीको कारोबार फुकुवा भईसकेको छ ।  

सानिमा लाइफले रिलायन्स लाइफसँग मर्जर सम्झौता गरेपछि कम्पनीको कारोबार रोक्का थियो । त्यस्तै समीट लघुवित्तले नेशनल माइक्रोफाइनान्ससँग मर्जर सम्झौता गरेसँगै कारोबार रोक्का थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved