सनराइज क्यापिटलले फोकस्ड इक्विटी फण्ड योजना संचालन गर्न पायो अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2022 | 07:32:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज क्यापिटलले नयाँ सामुहिक लगानी कोष योजना संचालन गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।  सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सनराइज  फोकस्ड इक्विटी फण्ड योजनालाई २०७९÷०८÷१९ गते नेपाल धितोपत्र बोर्डले स्विकृति प्रदान गरेको हो ।

योजनाको आकार प्रति इकाई मुल्य रु. १० को १२०,०००,००० इकाई गरि जम्मा रु. १,२००,०००,००० को रहेको छ । यो एक बन्दमूखी सामूहिक लगानी कोष योजना हो ।

सनराइज  क्यापिटल लिमिटेडले हाल सनराइज फस्र्ट म्युचुअल फण्ड तथा सन्राइज ब्लूचिप फण्ड गरि दुईवटा बन्दमूखी सामूहिक लगानी कोष योजनाहरु सञ्चालन गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved