माई खोला हाइड्रोपावर लिमिटेडको शेयर नेप्सेमा सुचिकृत,कति पायो ओपनिङ रेन्ज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2023 | 12:56:23 PM मा प्रकाशित

laxmi  sunrise bank

माई खोला हाइड्रोपावर लिमिटेडको शेयर मंगलबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ। आज सोमबार माई खोला हाइड्रोपावर लिमिटेडको शेयर सुचिकृत भएको हो । 

नेप्सेमा माई खोलाको १०० अंकित दरका कुल ३९ लाख २१ हजार ५६८ कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २० लाख कित्ता, सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को १५ लाख २९ हजार ४११ कित्ता र स्थानीयको ३ लाख ९२ हजार १५७ कित्ता रहेका छन्। 

कम्पनीको पहिलो कारोबारका लागि भने यो कम्पनीले प्रतिकित्ता न्यूनतम १११.६७ रुपैयाँदेखि अधिकतममा ३३५.०१ रुपैयाँ ओपनिङ रेन्ज पाएको छ। 

यदि भोलि स्पेसल प्रि–ओपनिङ सेसनमा यो कम्पनीको सेयर किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ। 



facebook sharing button
twitter sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved