
 2mb (1).gif)
शेयर लगानीकर्ताको एउबाटै महासंघ बनाउन वार्ता समिति गठन भएको छ । लगानीकर्ताहरुको आज भएको भेलाले लगानीकर्ता महासंघ निर्माण गर्नका लागि वार्ता समिति गतःन गरेको हो ।
महासंघ बनाउन पहल गरेका लगानीकर्ता तिलक कोइरालाका अनुसार लगानीकर्ता रोहन कार्कीको संयोजकत्वमा वार्ता समिति गठन गरिएको हो । समितिका सदस्यहरुमा सुुवासचन्द्र भट्टराई, केशव कोइराला, नयन बास्तोला, नानीबाबु खरेल र एसपी चौलागाई छन्।
सो वार्ता समितिले हाल दर्ता रहेका तथा नरहेका संघहरुका अध्यक्ष तथा पदाधिकारीहरुसँग छलफल गर्ने छ । समितिले तत्काल वार्ता आरम्भ गरी महासंघ निर्माणका लागि सबै संघका अध्यक्षहरुलाई सहमति गराएपछि अर्को भेलाबाट महासंघको नाम र कार्य समिति घोषणा गर्ने सहमति भएको कोइरालाले बताए।