नेप्सेमा दोल्ती पावर र भूगोल इनर्जीको आईपिओ सुचिकृत, कतिमा हुन्छ सुरुवाती कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2023 | 12:48:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज २ वटा कम्पनीको आईपिओ सुचिकृत भएको छ । आज दोल्ती पावर कम्पनी र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर सुचिकृत भएको हो ।

आज दोल्ती पावरको ५३ लाख ६४ हजार ८ सय ६० कित्ता शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै बिहिबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ । बिहीबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । कम्पनीको DOLTI सिम्बलबाट कारोबार हुने छ ।  नेप्सेले  दोल्ती पावरको पहिलो कारोबारको लागि ८७ रुपैयाँ देखि  २६१ रुपैयाँ सम्मको रेन्ज तोकेको छ । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार सुरु हुन सक्ने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । 

त्यस्तै भूगोल इनर्जी डेभलपमेन्ट लिमिटेडको ५४ लाख ४० हजार ५ सय ३४ कित्ता शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै बिहिबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ । बिहीबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । कम्पनीको BEDC सिम्बलबाट कारोबार हुने छ ।  नेप्सेले भूगोल इनर्जीको पहिलो कारोबारको लागि ६७.६३ रुपैयाँ देखि  २०२.८९ रुपैयाँ सम्मको रेन्ज तोकेको छ । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार सुरु हुन सक्ने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved