धितोपत्र बोर्डले भन्यो 'मनकामना दरौदी हाइड्रोको शेयर नकिन्नु, उसको विज्ञापन पनि नछाप्नु'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2023 | 06:31:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले बोर्डबाट स्वीकृति प्राप्त नगरेका निष्काशन तथा योजनाहरुमा सहभागी नहुन सर्वसाधारण लगानीकर्ताहरुलाई आग्रह गरेको छ । मनकामना दरौदी हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई शेयर खरिद गर्न आग्रह गर्दै सूचना जारी गरेपछि बोर्डले बोर्डबाट स्वीकृति प्राप्त नगरेका कम्पनीको शेयर खरिद प्रक्रियामा सहभागी नहुन लगानीकर्ताहरुलाई आग्रह गरेको छ ।

मनकामना दरौदी हाइड्रोपावर कम्पनी लिमिटेडले आज जेठ २४ गतेको आर्थिक अभियान राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी सर्वसाधारणहरुलाई लक्षित गरी शेयरमा लगानीका लागि आव्हान गरेको बिज्ञापनप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको बोर्डले जनाएको छ।

बोर्डका अनुसार धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २७(१) मा संगठित संस्थाले आफूले निष्काशन गर्ने धितोपत्र निष्काशन गर्नु अघि बोर्डमा दर्ता गराउनु पर्ने र दफा २९(१) मा संगठित संस्थाले एक पटकमा पचासजना भन्दाबढी व्यक्तिहरुलाई धितोपत्र बिक्री गर्ने भएमा त्यस्तो धितोपत्र बिक्री वितरणको निमित्त सार्वजनिक निष्काशन गर्नुपर्ने भन्ने व्यवस्था रहेको छ।

बोर्डको स्वीकृती बिना नेपालमा धितोपत्रको निष्कासन गर्ने कार्य गैरकानूनी हुने र त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानूनी व्यवस्थाबाट लगानीकर्ताहरुको हित संरक्षण नहुने हुँदा कुनै पनि कम्पनीले गर्ने धितोपत्रको सार्वजनिक निष्कासनमा लगानी गर्दा बोर्डबाट स्वीकृति प्राप्त गरेको निष्कासनमा मात्र लगानी गर्न बोर्डले सर्वसाधारण लगानीकर्ताहरुलाई अनुरोध गरेको छ।

साथै प्रचलित कानून बमोजिम स्वीकृति नपाएका त्यस्ता निष्कासनमा लगानीकर्तालाई लक्षीत गरी कुनै पनि व्यक्ति वा संस्थाले संचारका माध्यम मार्फत त्यस्तो सूचना तथा बिज्ञापन प्रकाशन तथा सम्प्रेषण नगर्न/नगराउन समेत बोर्डले आग्रह गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved