मियो सेक्युरिटिजले शुरू गर्यो शेयर कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2023 | 11:13:21 PM मा प्रकाशित

laxmi sunrise bank

मियो सेक्युरिटीजले शेयर खरिद बिक्री कारोबार शुरू गरेको छ । ब्रोकर नम्बर ६६ रहेको यो कम्पनीले हालैमात्र धितोपत्र बोर्डबाट कारोबार गर्ने स्विकृती पाएको थियो।  

शेयर खरिद बिक्री कारोबार शुभारम्भपछि नेप्सेको फ्लोर सिटमा मियो सेक्युरिटीज, ब्रोकर नम्बर ६६ देखिन थालेको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट यही असार २१ गते  ब्रोकर नम्बर ६६ रहेको प्रमाणपत्र  प्राप्त गरेको हो । मियो सेक्युरिटीजको हाल काठमाडौं १ हात्तीसारमा कार्यालय रहेको कंपनीका प्रमुख कार्यकारी अधिकृत सुमन मल्लले बताएका छन ।

ब्रोकरेज कारोबार शुभारम्भसँगैं लगानीकर्ताहरूलाइ स्मार्ट सर्भिस प्रदान गर्दै सेयरबजारलाई थप सुदृढ, विश्वसनीय  बनाउदैं बिश्वासिलो धितोपत्र ब्रोक्रर कम्पनीका रूपमा स्थापित हुने लक्ष्यका साथ अघि बढेको प्रमुख कार्यकारी अधिकृत मल्लले बताएका छन ।

उनले शेयर खरिद बिक्री कारोबार ब्रोकर नम्बर ६६ बाट गरेर सेवा गर्ने अवसर दिनुहुन ग्राहकवर्गमा अनुरोध समेत गरेका छन ।मियो सेक्युरिटीजको संचालकमा कैलाश खत्री, बिरोचन खनाल र सन्दिप दाहाल छन । कंपनीमा चाटर्ड एकाउन्टेण्ट, बैकर लगायत बिभिन्न पेशा ब्यवसायमा संलग्न ७८ जना लगानीकर्ताहरूको लगानी रहेको  बताइएको छ ।


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved