दोहोरो अंकले बढ्यो बजार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2023 | 03:11:13 PM मा प्रकाशित

laxmi sunrise bank

मंगलबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । सोमबार २३ अंक घटेको बजार आज १३.१८ अंकले बढेर १ हजार ८ सय ६४.६२ को बिन्दु कायम भएको हो । 

सुचक बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । आज दिनभर कुल १ अर्ब ६६ लाख ९३ हजार ८ सय ४५ रुपैयाँ ३१ पैसाको सेयर किनबेच भएको छ । सोमबार नेप्सेमा १ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

१७३ कम्पनीको मूल्य बढ्दा ५७ को घट्यो भने ७ को स्थिर रहृयो । आज एनआइबीएल प्रगती फण्डको सेयर मूल्य सबैभन्दा धेरै ७।३५ प्रतिशत बढ्यो । स्वेत गंगा हाइड्रोको मूल्य ६.९१ प्रतिशत बढ्यो । भने हाथवे इन्भेस्टमेन्टको सबैभन्दा बढी ८.५३ प्रतिशतले घट्यो । 

कारोबार रकमका आधारमा हाथवे इन्भेस्टमेन्ट, सानिमा जिआईसी इन्स्योरेन्स र एनआईसी एसिया बैंक क्रमशः अगाडि रहे । जसमध्ये हाथवेको ४ करोड ६२ लाख, सानिमाको ४ करोड ३३ लाख र एनआइसीको एसियाको २ करोड ९८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved