नेप्सेमा हिमालयन रिइन्स्योरेन्स र एशियन लाइफको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2024 | 04:20:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सच्नेज नेप्सेमा हिमालयन रिइन्स्योरेन्स कम्पनी र एशियन लाइफ इन्स्योरेसको शेयर मूल्य समायोजन भएको छ । 

हिमालयन रिइन्स्योरेन्सको ४ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ६२०.२९ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ६४५ रुपैयाँ १० पैसा थियो ।

त्यस्तै एशियन लाइफको ७.७५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य ६ सय १६ रुपैयाँ ८० पैसा कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ६ सय ६४ रुपैयाँ ६० पैसा रहेको थियो ।

 हिमालयन रिइन्स्योरेन्सले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट ४ प्रतिशत बोनस शेयर र ०.२१ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। त्यस्तै कम्पनीको सभामा ८० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पेश हुने छ । कम्पनीले फागुन २० गते साधारणसभा आह्वान गरेको छ । 

त्यस्तै एशियन लाइफले ७.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४०७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले फागुन १८ गते साधारणसभा आह्वान गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved