
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा फर्स्ट माइक्रोफाइनान्सको बोनस शेयर सुचिकृत भएको छ । आज कम्पनीको ७.५० प्रतिशतले हुन आउने ८ लाख ६० हजार ८ सय ९ दशमलव ४६ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।
आज नै सिटिजन लाइफ इन्स्योरेन्सको ५ प्रतिशत बोनस शेयर सुचिकृत भएको छ ।