वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तिब्रता दिंदै आएको छ ।
विभागले एक वर्षको अवधिमा विभागले ४ हजार २६० वटा अनुगमन गरको छ । अनुगमन गर्दा विभागले ९७३ वटा फर्मलाई जरिवाना गरेको छ ।
जसबाट विभागले ३ करोड ६३ लाख ५८ हजार रुपैयाँ जरिवाना असल गरेको छ । विभागले जेठ महिना यतामात्र विभिन्न प्रकारका विभिन्न स्थानमा ५५ वटा अनुगमन गरिसकेको छ ।
विभागलले नियमित बजार अनुगमनको क्रममा व्यवसायी, फर्म, संस्था, कम्पनी, कारोबार स्थल, उत्पादनस्थल र गोदामस्थलमा निगरानी गर्ने गरेको छ । यसका साथै विभागले १ हजार १३६ जनासँग कारोबारबारे थप कागजात पनि माग गरेको छ ।
उपभोक्ताको स्वास्थ्य, दैनिकी र मूल्यवृद्धिलाई ध्यानमा राख्र्दै विभागले चाडपर्वमा मात्र नभई अन्य समयमा पनि नियमित रुपमा बजार अनुगमन गर्ने गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक आनन्दराज पोखरेलले उपभोक्ताको हित र संरक्षण नै पहिलो प्राथमिकता भएको बताए ।
उनले भने “कति पय म्याद सकिएको सामानहरु पनि बजारमा धेरैजसो बिक्री हुने गरेको पाइयो, जसले उपभोक्ताहरुको स्वास्थ्यलाई गम्भिर असर पुरयाइरहेको हुन्छ । त्यहि कारण पनि बजार अनुगमनलाई जारी राखेका हौं ।”
विभागको तथ्यांक अनुसार कानून विपरित कार्य गर्ने २४१ वटा खाद्य क्षेत्रसँग सम्बन्धित उद्योग तथा फर्मलाई जरिवाना तिराइएको छ । त्यस्तै विभागले १०२ रेडिमेड तथा थान कपडा, ६४ वटा किराना पसल, ५७ वटा होटल तथा रेष्टुरेन्ट, ६० वटा तरकारी तथा फलफूल फर्ममा पनि अनुगमन गरि जरिवाना तिराएको छ ।
एक वर्षको अवधिमा १ हजार १३६ वटा संस्थानलाई अनुगमनको क्रममा कागजात माग गरिएको छ । त्यस्तै विभागले १ करोड २४ लाख ५० हजार रुपैयाँ बराबरको ८१ वटा वस्तुहरु नष्ट गरेको छ ।