बजारमा तरलता धेरै, आज पनि राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ झिक्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2024 | 01:47:04 PM मा प्रकाशित

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय प्रणालीमा पैसा (तरलता) धेरै भएपछि बिहीबार पनि ३५ अर्ब रुपैयाँ खिच्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो ।

केहि दिनयता केन्द्रीय बैंकले निरन्तर बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा बिहीबार १४ दिने अवधिका लागि ३५ अर्ब रुपैयाँ झिक्न लागेको हो ।

केन्द्रीय बैंकले जारी गरेको सूचनामा यसका लागि बिहीबार अपरान्ह ३ बजेसम्म बोलकबोल गर्न  बैंक तथा वित्तीय संस्थालाई अनुरोध गरेको छ । जसअनुसार घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने सूचनामा उल्लेख छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ  । राष्ट्र बैंकले बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने  बताएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved