वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न उत्पादक संघ संस्थालाई जथाभावि मूल्य नतोक्न निर्देशन दिएको छ । विभागले आइतबार विज्ञप्ति जारी गर्दै कानून विपरीत वस्तु तथा सेवाको अधिकतम् बिक्री मूल्य तोक्ने कार्य नगर्न निर्देशन दिएको हो ।
आम उपभोक्ताले सरल र सहज रुपमा गुणस्तरीय वस्तु वा सेवा प्राप्त गर्ने हक संकुचित हुन जाने भएकाले उक्त कार्य नगर्न ध्यानकर्षण गरेको छ । उत्पादक र वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर उत्पादन मिति, उपभोग्य अवधि र अधिकतम खुद्रा बिक्री मूल्य अनिवार्य रुपमा उत्पादित वस्तुमा उल्लेख गर्न समेत उत्पादक कम्पनी तथा फर्मलाई विभागले ध्यानाकर्षण गराएको छ ।