अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारबाही गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2024 | 12:26:38 PM मा प्रकाशित

laxmi sunrise bank

बजार अनुगमनका क्रममा सरकारी टोली माथि अभद्र व्यवहार गर्ने व्यवसायीहरुलाई प्रशासनले कानुन वमोजिम कारबाहि  गर्ने भएको छ । आइतबार कालीमाटी र कुलेश्वरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा व्यवसायीहरुले असहयोग गरेका थिए । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समेत संलग्न भएको उक्त अनुगमनमा मन्त्री भण्डारी फर्केपछि केहि व्यवसायीले कर्मचारीमाथी नै अभद्र व्यवहार गरेको उद्योग मन्त्रालयले जनाएको छ । 

सोमबार व्यवसायी सहित कालिमाटी फलफुल तथा तरकारी विकास समिति अध्यक्ष, काठ्माण्डौँका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र वाणिज्य विभाग लगायतका नियमनकारी निकायले कानुन अनुसार कारबाही गर्ने निर्णय गरेका हुन् । 

व्यवसायीहरुले अहिले मात्रै नभई विगतमा समेत असहयोग र अभद्र व्यवहार गर्दै आएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले  बताएका छन् । व्यवसायीले अनुगमन प्रभावित गर्ने कृयाकलाप गरेमा उनिहरुको दर्ता खारेजी गरिने अधिकारी आचार्यले बताए  । 

सोमबार नियमनकारी निकायले गरेका निर्णयहरुमा अनिवार्य रुपले मूल्य सूची राख्नुपर्ने, अनुगमनमा अनिवार्य रुपले सहयोग गर्नुपर्ने, अनुगमनमा असहयोग गरेका व्यवसायीलाई नियम वमोजिम कारबाही गर्ने, सम्पूर्ण व्यवसायीले कारोबारको विलबीजक अनिवार्य रुपले राख्नुपर्ने, विकास समितिको परिसर भित्रको सरसफाईमा विशेष ध्यान दिने लगायत रहेका छन् । 

मन्त्री भण्डारीले गरेको छड्के अनुगमनका क्रममा माछा पसल र तरकारी पसलमा सरसफाइ नगरेको भेटिएको थियो भने अस्वभावीक मूल्यवृद्धि गरेको पाइएको थियो । मन्त्री भण्डारीले कालोबजारी र अस्वभावीक मूूल्यवृद्धि गर्ने व्यवसायीलाई तत्काल कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved