मेलम्चीको पानी ल्याउन यसकारण कुर्नु पर्ने भो २०७५ साल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 04, 2017 | 05:39:17 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं / उपत्यकावासीले मेलम्चीको खानेपानी प्रयोग गर्न ०७५ साल नै कुर्नुपर्ने भएको छ। सुरुङ निर्माणमा ढिलाइ भएपछि पछिल्लो समय तोकिएको १५ असोजमा पनि मेलम्चीको पानी उपत्यकामा नआउने भएको हो। 

मेलम्ची खानेपानी आयोजनाका अनुसार सुरुङ खन्ने काम सोचेभन्दा ढिलो भएकाले समस्या परेको हो। आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले मेलम्चीको पानी काठमाडौं आइपुग्न ०७५ नै कुर्नुपर्ने बताए। ‘सुरुङ खन्ने कामले सोचेजस्तो गति पाउन सकेको छैन। यही गतिमा काम भए पुस महिनासम्म मात्रै सुरुङ खन्ने काम सकिन्छ। त्यसपछि तीन महिना सुरुङको मेन्टिनेन्समा लाग्छ। 

सम्पूर्ण काम चैत अन्तिम सातामा मात्रै सकिन्छ। खानेपानी काठमाडौं आइपुग्न ०७५ लाग्छ,’ देवकोटाले भने। यस कारण ०७५ साल लाग्छ आयोजनाका अनुसार अझै १दशमलव ९२४ किमी सुरुङ खन्न बाँकी छ। खन्नुपर्ने २७ दशमलव ५८४ किमीमध्ये २५ दशमलव ६५९ किमी मात्र खनिसकिएको छ। अहिले दैनिक १३ देखि १४ मिटर सुरुङ खन्ने काम जारी छ। ‘सुरुङ खन्ने रफ्तार घटेको छ। मेसिन पनि पुरानो भयो। बीचमा नरम चट्टान भेटियो। पानी पनि रसाउन थाल्यो। सुरुङ खन्ने काम जोखिमपूर्ण भयो। र काम तीव्र गतिमा अघि बढ्न सकेन,’ कार्यकारी निर्देशक देवकोटाले भने।   

यही गतिमा काम भए बाँकी सुरुङ खन्न अझै एक सय ४८ दिन अर्थात् पुसको पहिलो सातासम्म लाग्छ। त्यसपछि सुरुङको चारैतर्फ ‘प्लास्टर’ गर्नुपर्छ। त्यसका लागि थप तीन महिना लाग्छ। र सुरुङको काम फागुनसम्ममा मात्रै सकिन्छ। 

पानीको मुहान सुरुङमार्गसम्म जडान गर्न १५ चैतसम्म लाग्नेछ। बाँकी काम सकेर पानी सुरुङमार्गमा प्रवेश गराउन चैत मसान्तसम्म लाग्छ भने पानी उपत्यकामा आउन ०७५ को वैशाख कुर्नुपर्नेछ। ढिलो हुनका ४ कारण  १  ०७२ मा गएको भूकम्पले मेलम्ची खानेपानीको सुरुङ खन्ने काम प्रभावित बन्यो। भूकम्पपछिको करिब ३ महिना सुरुङ खन्ने सम्पूर्ण काम रोकियो। 

२ भूकम्पलगत्तै भारतले गरेको नाकाबन्दीका कारण सुरुङ खन्ने काम करिब ६ महिना ठप्प बन्न पुग्यो। नाकाबन्दीमा इन्धनको चरम अभाव भयो। सुरुङ खन्न प्रयोग हुने केमिकल तथा विस्फोटक पदार्थ नाकाबन्दीका कारण रोकिए। जसका कारण सुरुङ खन्ने काम अघि बढ्न सकेन। ३ इटालियन ठेकेदारले सन् २०१३ देखि सुरुङ खन्ने काम गर्दै आएको छ। सुरुङ खन्दा प्रयोग गरिएको मेसिन ठेकेदार कम्पनीले अहिलेसम्म परिवर्तन गरेको छैन। आजको कान्तिपुर दैनिकमा समाचार छ । 

पुरानै मेसिनको भरमा सुरुङ खनिँदै छ। ४ भौगर्भिक समस्याका कारण पनि सुरुङ खन्ने काम ढिलाइ भएको छ। चट्टान भेटिएको ठाउँमा सुरुङ खन्न सजिलो भयो, तर पर्याप्त मात्रामा नरम चट्टान, कति ठाउँमा पानी रसाउने कारणले काममा ढिलाइ भयो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved