आफु अनुकुल सरुवा गर्न नपाएपछि निर्वाचन आचारसंहिता रोक्ने तयारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 05, 2017 | 05:32:29 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । सरकारले निर्वाचन आचारसंहिता केही समय रोक्न निर्वाचन आयोगसँग आग्रह गर्ने भएको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकमा मन्त्रीहरूले निर्वाचन आचारसंहिता दसैँसम्म स्थगित गर्नुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। निर्वाचन आउन ३५ देखि ४५ दिन बाँकी रहँदा मात्र आचारसंहिता लागू गराउने प्रचलनविपरीत आयोगले आचारसंहिता लगाएको भन्दै मन्त्रीहरूले असन्तुष्टि जनाएका हुन्।

अकस्मात् लागू भएको आचारसंहिताले सरकारको कामकारबाहीमा गम्भीर असर पारेको, स्थानीय तहमा कर्मचारी खटाउन नसकिएकोलगायत समस्या मन्त्रीहरूले प्रधानमन्त्रीलाई सुनाएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले आयुक्तहरूलाई बोलाएर निर्वाचन आचारसंहिता केही समय स्थगित गर्न आग्रह गर्ने जानकारी गराएका थिए। प्रधानमन्त्रीले निर्वाचन आयुक्तहरूलाई बुधबार बोलाएर छलफल गर्ने आश्वासन दिएको महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइरालाले बताइन्।

मन्त्रीहरूले दसैँपछि मात्र कार्यान्वयन गर्ने गरी हाललाई आचारसंहिता स्थगित गरिनुपर्ने प्रधानमन्त्रीलाई बताएका थिए। पछि हट्दैनौँ स् निर्वाचन आयोग निर्वाचन आयोगले भने आचारसंहिता एक दिन पनि स्थगित हुन नसक्ने जनाएको छ। आयुक्त सुधीर शर्माले संवैधानिक आयोगले निर्णय गरिसकेको विषय भएकाले अब पछि हट्न नसकिने बताए। ‘संवैधानिक आयोगले आफ्नो अधिकार क्षेत्रभित्र गरेको निर्णयले कसैलाई अप्ठ्यारो भयो कि भनेर पछि हट्न मिल्दैन। आचारसंहिता कार्यान्वयन भइसक्यो,’ उनले भने। आजको नयाँ पत्रिकामा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved