श्रीमतीलाई जवरजस्ती गरे पाँच बर्ष जेल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 06, 2017 | 05:03:07 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । अबदेखि श्रीमतीलाई जबर्जस्ती करणी गरे श्रीमानले जेल जानुपर्ने भएको छ । जबर्जस्ती करणी गर्ने श्रीमान पाँच वर्ष जेल जानुपर्ने कानुन संसदबाट पास भई प्रमाणिकरणको क्रममा रहेको आजको  नयाँ पत्रिकामा खबर छ ।

फौजदारी कसुरसम्बन्धी नयाँ कानुनमा यस्तो व्यवस्था गरिएको हो । हाडनातामा करणी गर्नेलाई जन्मकैदसम्मको सजाय तोकिएको छ । १८ वर्ष मुनीका युवतीसँग मञ्जुरीमै शारीरिक सम्बन्ध राखे पनि करणी गरिएको ठहरिने छ । जबर्जस्ती करणी गर्नेलाई महिलाको उमेर हेरी सजाय निर्धारण गरिएको छ ।

मुलुकी ऐन प्रतिस्थापनका लागि ल्याइएको फौजदारी कसुरसम्बन्धी नयाँ कानुनमा करणीसम्बन्धी नयाँ व्यवस्था गरिएको हो । यो कानुन संसदबाट पारित भइसके पनि राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved