स्थानीयवासीलाई नै परिचालन गरेपछि चोरी सिकार नियन्त्रण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 07, 2017 | 05:05:53 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा हुने दुर्लभ वन्यजन्तुको चोरी सिकार नियन्त्रण गर्न स्थानीय समुदायसँगको सहकार्य अभियान उपलब्धिमूलक देखिएको छ ।

निकुञ्जको सुरक्षार्थ खटिएका सेना तथा निकुञ्ज पदाधिकारीहरूले आसपासका क्षेत्रमा दुर्लभ वन्यजन्तुको चोरी सिकार नियन्त्रण गर्न स्थानीयवासीलाई नै परिचालन गरेपछि चोरी सिकार नियन्त्रण कार्य उपलब्धिमूलक भएको हो ।

पूर्वमा मकवानपुर–पर्सा र पश्चिममा नवलपरासीसम्म फैलिएको चितवन राष्ट्रिय निकुञ्जमा विशेषगरी दुर्लभ जन्तु गैंडा र बाघको चोरी सिकार बढेपछि यसको नियन्त्रणका लागि निकुञ्ज आसपासका समुदायसँग सहकार्य अभियान सञ्चालन गरिएको हो ।

राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाको बटुक दल गणका निमित्त गणपति पुरुषोत्तम कार्कीले चोरी सिकार नियन्त्रणमा समुदायसँगको सहकार्य सफल भएको बताए । चोरी सिकार नियन्त्रण गर्न सेनाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०, वन विभाग, निकुञ्ज संरक्षण कार्यालयका अतिरिक्त स्थानीय युवा तथा समुदायलाई सहयोगीका रूपमा परिचालन गर्ने गरेको जानकारी उनले दिए ।

विगतमा पनि गणले स्थानीय युवा, शिक्षक–शिक्षिका, विद्यार्थी, कृषक लगायतलाई जनप्रतिनिधि, शिक्षित व्यक्ति र जनप्रतिनिधिहरूलाई आफ्नै किसिमले वन्यजन्तुको चोरी सिकार नियन्त्रण गर्न सक्रिय बनाउँदै आएको थियो ।

केही वर्षदेखि समुदायसँगको सहकार्यलाई प्रभावकारी बनाउन नीतिगत निर्णय नै गरी सैनिक–नागरिक सम्बन्ध बलियो तुल्याउने कार्य भइरहेको पनि निमित्त गणपति कार्कीले बताएको आजको गोरखापत्र दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved